Banking Khabar
अर्थतन्त्र

दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

September 28, 2021
सेयर:

१२ असोज, काठमाडौं ।  सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ ।

सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न क्लबलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।

मंगलबार दरबार हाई स्कूल, रानी पोखरीमा भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयका प्रधानअध्यापक शिवराज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष श्रीमती सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरिन् ।

सनराइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अगाडि बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताइन् ।