५० अकंले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

Heading1 BusinessSarokar | २२ पुष २०८२, सोमबार

१३ असोज, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको चौथो दिन बुधबार बढेको छ । आज बजार परिसूचक ५० दशमलव ५८ अकंले बढेर समग्र परिसूचक २६६५ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ५८ अकंले बढेर ५०३ दशमलब ४६ बिन्दुमा पुगेको छ ।

बजार ओरालो लागेर सबै कम्पनीहरुको शेयरमूल्य सस्तिएसँगै लगानीकर्ताहरु सस्तोमा शेयर खरिद गर्नतर्फ लाग्दा यस दिन बजारले सकारात्मक गति समाएको हो। यद्यपि, यो वृद्धिलाई दीगो भन्न नसकिने जानकारहरु बताउँछन्। नेप्सेको वृद्धिलाई भोल्यूमले साथ नदिएका कारण यस वृद्धिलाई दीगो भन्न नसकिने उनीहरुको भनाइ छ। तर, यसले लगानीकर्ताहरुको मनोबल बढाउन केही मद्दत पुगेको छ।

कारोबार रकमको आधारमा अपी पावर, हिमालयन डिष्टिलरी, नेपाल बैंक, युनाईटेड मोदी हाईड्रोपावर, आईसिएफसी फाइनान्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, मेगा बैंक, नेपाल बैंक, युनाईटेड मोदी हाईड्रोपावर, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज अपी पावर, ग्रिन डेभल्पमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सबै भन्दा धेरै गुमाउनेमा मेगा बैंक, युनिभर कम्पनी, गोर्खाज फाइनान्स, कुमारी बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु पगेका छन ।

आज भएको कारोबारमा १७३ कम्पनी लागनीकर्ताले कमाउदाँ ११ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp