एनएमबिको मुद्धती निक्षेपमा ९.५२ प्रतिशत ब्याज
१३ असोज, काठमाडौं । एनएमबि बैकले मुद्धती निक्षेपमा उच्च ब्याज प्रदान गर्ने भएको छ।
नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारणका लागि मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक ब्याज (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने भएको हो।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडीयो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।
ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । VKYC को लागी डिजिटल लिन्क यस प्रकार रहेको छः https://vcc.nmb.com.np
बैंकले १८१ शाखा, १३७ एटिएम तथा नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
सम्बन्धित खबर
नेपाल इन्भेष्टमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
बैंकहरूले बचतमा ब्याजदर धेरै बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन
१९ मंसिर २०८२, बिहीबारएनएमबि बैंकको नयाँ अटो लोन योजना : अब आफ्नै गाडी मात्र ७.१३% ब्याजदरमा
१९ मंसिर २०८२, बिहीबार
