नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

बैंकिङ BusinessSarokar | ५ माघ २०८२, आइतबार

२० भदौँ, काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नतिका लागि ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ।

नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन्, तिनको जानकारी सहजै एक क्लिकबाट भेट्ने बैंकले जनाएको छ। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्वीकृत गर्न सक्नेछन्। यसले कागजी प्रक्रियाविना तीव्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp