सिभिल लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको बुधबार सम्पन्न बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणासम्बन्धी प्रस्ताव गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।
बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१ रुपैयाँ ६० पैसा पुग्नेछ।
सम्बन्धित खबर
निक्षेप संकलन घट्न थालेपछि विकास बैंक र फाइनान्सले कर्जा दिन छाडे
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११ मा १५ प्रतिशत छुट
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङको लागि साझेदारी
१९ मंसिर २०८२, बिहीबार
