कुमारी बैंकका ग्राहकलाई सारथि होटेलमा विशेष छुट

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

१४, असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्।

बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०%देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पूणर्जागरणका लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र दैनिक जीवनको कार्य व्यस्तताबाट राहतका लागि सो होटेलको बसाइ सेवाग्राहीका लागि लाभदायक हुनेमा विश्वस्त रही कुमारी बैंकले आफ्ना ग्राहकलाई यस सहकार्यमार्फत सारथि होटेलका विभिन्न सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डबाहकलाई आकर्षक छुटको व्यवस्था गरेको हो।

सम्झौतापत्रमा छुटसम्बन्धी कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथि होटेलका प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp