सेलपेको दसैं अफर ‘द फ्लिप फेस्टिभल’
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले दसैं पर्वको अवसरमा ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ।
यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकले एक जीबी डेटा प्याक १० दिनका लागि र एक जना लक्की विजेताले लक्की ड्रमार्फत् सामसङ ग्यालेक्सी फ्लिप थ्री पाउने कम्पनीले जनाएको छ।
यो योजना असोज १७ गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो।
