काबुलमा झडप, तीन आईएस लडाकु मारिए
काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा तालिबान सैनिकसँगको झडपमा परेर कम्तिमा तीन इस्लामिक स्टेट (आईएस) लडाकू मारिएका छन् ।
अत्यधिक जनघनत्व भएको इलाकामा सोमबार आईएस लडाकुसँग झडप भएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जानकारी दिएका छन् । करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकु तालिबानी सुरक्षाकर्मीका विरुद्ध आक्रमण गर्ने तयारीमा थिए । तर त्यसको विस्तृत विवरण भने बाहिर आएको छैन ।
काबुलको कोटल ए खैरखाना इलाकामा घण्टौंसम्म चलेको दोहोरो झडपका क्रममा एउटा गाडी र भवनमा समेत आगो लागेको स्थानीय बासिन्दाले जनाएका छन् । उनीहरूका अनुसार त्यस घटनामा आईएसका तीन सदस्य मारिएका छन् । यो झडप मध्य काबुलको एउटा ठूलो मस्जिद बाहिर भएको बम हमलाको केही घण्टापछि भएको थियो । जहाँ तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको मृतक आमाको प्रार्थनाको कार्यक्रम चलिरहेको थियो ।
उक्त घटनामा दुई नागरिक मारिएका थिए भने अन्य चार जना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानको कब्जापछि अफगानिस्तानमा सुरक्षा अवस्था सामान्य रहे पनि पछिल्ला केही दिनमा आईएस सम्बद्ध लडाकुहरूले काबुल र पूर्वी नान्गाहार प्रान्तको राजधानी जलालाबाद शहरमा बम आक्रमण गर्न शुरु गरेका छन् ।
सम्बन्धित खबर
सेयर बजार सुधार गर्ने नवनियुक्त अर्थमन्त्री महतको प्रतिबद्धता
१९ मंसिर २०८२, बिहीबार
डलर महँगिंदा नेपाललाई मासिक अर्बौ रुपैयाँ अतिरिक्त भार, विदेशी ऋणको साँवाब्याज भुक्तानीमा समस्या
१९ मंसिर २०८२, बिहीबार
रोकिएन बैंक, वित्तविरुद्धको आक्रमणः त्रासमा कर्मचारी
१९ मंसिर २०८२, बिहीबार
