४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ्याङदी हाइड्रोपावर

शेयर बजार BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– छ्याङदी हाइड्रोपावर लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि गत वैशाख १५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

उक्त हकप्रद सेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा पुनः ४० प्रतिशत हकप्रद सेयर विक्री गर्ने निर्णय कम्पनीको असोज १८ गतेको सञ्चालक समिति बैठकले गरेको हो।

३० प्रतिशत हकप्रद सेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत गरेको छ।

पहिलो चरणको ३० प्रतिशत हकप्रद सेयर निष्कासनको स्वीकृति नै नपाई कम्पनीले दोस्रो चरणमा ४० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि विद्युत् नियमन आयोगबाट स्वीकृति लिन लागेको हो।

विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ। हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ।

कम्पनीले चार मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp