६ घण्टा फेसबुक बन्द हुँदा कति रकम लाग्यो घाटा?
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं- फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र व्हाट्सएप प्राविधिक समस्याका कारण ६ घण्टा बन्द भए।
यी सामाजिक सञ्जालमा आएको खराबीका कारण विश्वभर साढे तीन अर्ब मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको बीबीसीले जनाएको छ।
प्राविधिक समस्याका लागि मुख्य कम्पनी फेसबुकले माफी मागेको छ। तर, उसले यसको पछाडिको कारण भने उल्लेख गरेको छैन।
विश्लेषकहरुका अनुसार फेसबुक र अरु सामाजिक सञ्जालमा आएको समस्याका कारण विज्ञापनबाट हुने कमाइमा ठूलो क्षति पुगेको जनाइएको छ। कम्पनीलाई प्रति घन्टा १ मिलियन डलर (करिब११ करोड ९० लाख नेपाली रुपैयाँ)घाटा भएको बीबीसीले उल्लेख गरेको छ।
यसबाट फेसबुकलाई सेयर बजारमा पनि ठूलो क्षति भएको छ। न्यूयोर्कमा फेसबुकको सेयर पाँच प्रतिशतसम्म तल झरेको छ।
फेसबुकले यो समस्या त्यतिबेला सामना गर्नुपरेको छ जसको एक दिन पहिला एक व्हिसलब्लोअरले अमेरिकी टीभीमा आफूहरुले फेसबुकको दस्ताबेज लिक गरेको बताएका थिए।
सम्बन्धित खबर
क्यान्सर, मिर्गौला रोगका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने
१९ मंसिर २०८२, बिहीबार
मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमा नै साढे ५ लाखको आवेदन
१९ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई ४६ अर्ब ७० करोड निर्ब्याजी ऋण
१९ मंसिर २०८२, बिहीबार
