एनएमबि बैंकले सुरू गर्यो नेपालमै पहिलोपटक भिडियो केवाईसी प्रणाली
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।
एनएमबि बैंक पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक बनेको छ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन्।
‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित खबर
सनराइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार, कुन कुन ठाउँमा पुग्यो सेवा ?
१९ मंसिर २०८२, बिहीबार
ईभीको मोटर क्षमता ढाँटेर भन्सार पास, करिब ४ अर्ब कर छलि भएकाे महालेखाको ठहर
१९ मंसिर २०८२, बिहीबार
२७ करोड ६८ लाखको पुल बनिनसक्दै अलपत्र
१९ मंसिर २०८२, बिहीबार
