२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गरेकको हो।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्‍व हुने रिपो आज बोलकबोलमार्फत् खरिद गर्न सक्ने छन्। यसअघि बैंकले गत असोज १३ गते ३० अर्ब रुपैयाँ रिपोमार्फत् बजारमा पठाएको थियो। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्द छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp