Banking Khabar
अर्थतन्त्र

बिओके क्यापिटलसाधारण सभा सम्पन्न, १८% लाभांश पारित

October 6, 2021
सेयर:

२० असोज, काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैंटौ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाले आ.ब.२०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ । साथैसाथै, उक्त साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं। १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केटले ग्राहकलाई उत्कृष्ट सेवाहरु दिँदै आइरहेको जनाएको छ। भविष्यमा पनि प्रविधिहरुको उच्चतम प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास क्यापिटलले लिएको छ।