स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित
अन्तराष्ट्रिय
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । ‘साइड इफेक्ट’ देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो । स्विडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेले सुरक्षाको सुनिश्चिता भएपछि फेरि खोप लगाउनका लागि आवश्यक कदम चालिने बताउनुभएको छ ।
गएको जुलाईमा युरोपेली औषधि एजेन्सीले युरोपेली युनियनका २७ देशका १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई यो खोप लगाउने अनुमति प्रदान गरेको थियो ।
सम्बन्धित खबर
अहिलेसम्म मध्य भोटेकोशीको आईपीओमा कति पर्यो आवेदन ? भर्ने म्याद भोलिसम्म
१९ मंसिर २०८२, बिहीबार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्र हमाल!
१९ मंसिर २०८२, बिहीबार
टिभिएस् ग्राण्ड दशैँ एक्सचेन्ज मेला जारी
१९ मंसिर २०८२, बिहीबार
