लगानी बोर्डको बैठक बस्दै
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– लगानी बोर्डको ४८औं बैठक शुक्रबार (आज) बस्ने भएको छ। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो। प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ।
बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषयमा छलफल हुने अजेन्डा रहेका छन्।
बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।
बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्नेछ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने जनाइएको छ।
सम्बन्धित खबर
विश्वभर टिकटक चलाउनेको संख्या एक अर्ब पुग्यो
१९ मंसिर २०८२, बिहीबार
दसैं-तिहारका लागि यामाहाको ‘रेस फर द एस’ अफर
१९ मंसिर २०८२, बिहीबार
सगरमाथा जलविद्युतको आइपीओ आजसम्म भर्न सकिने
१९ मंसिर २०८२, बिहीबार
