Banking Khabar
Heading1

दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

October 10, 2021
सेयर:

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। गत मंगलबारबाट सुधार आएको सेयरबजार पुन: ओरालो लागेको हो।

आज पुँजीबजार मापक परिसूचक (नेप्से) १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा ओर्लिएको छ।

आज चार अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ।

आज कूल १८७ वटा कम्पनीका ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर जम्मा ५४ हजार १२३ पटक खरिद-बिक्री भएका थिए। कारोबार भएकामध्ये ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको नकारात्मक बनेको थियो भने एउटा कम्पनीको मूल्य यथावत् रहेको थियो।

आज तीनवटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभल (१० प्रतिशत) नजिक पुगेको थियो। जसमा मैलुङ खोला जलविद्युत् कम्पनी (९.९८ प्रतिशत), जीवन विकास लघुवित्त वित्तीय संस्था (९.५० प्रतिशत) र महिला लघुवित्त वित्तीय संस्था (९.३७ प्रतिशत) रहेका छन्। यता सिवम् सिमेण्टका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.५६ प्रतिशतका दरले गुमाएका छन्।

आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा ओर्लिएको छ। फाइनान्स, जीवन बिमा र म्युचुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको छ।

आज महिला लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै १८ करोड ९३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल बंगलादेश बैंकको सेयर सबैभन्दा धेरै तीन लाख ५८ हजार ८११ कित्ता र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा धेरै एक हजार ५९८ पटक किनबेच भएका थिए।