Banking Khabar
Heading3

मध्यभोटेकोशीको आईपीओमा मागभन्दा चार गुणा बढी आवेदन

October 12, 2021
सेयर:

काठमाडौं– मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओमामा मागभन्दा ४.१९ गुणा बढी आवेदन परेको छ। आईपीओका लागि आवेदन दिने अन्तिम दिन सोमबार बेलुका पाँच बजेसम्म ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको हो।

आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट सो संख्यामा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो।

कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर यसअघि नै बाँडफाँड गरिसकेको छ।

नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनीमध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।