सगरमाथा आधार शिविरमा परिणिती चोपडा

कला र साहित्य BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

काठमाडौं– बलिउड चलचित्र ‘उचाइ’को सुटिङका लागि अहिले बलिउडका कलाकार नेपालमा छन्। अभिनेता अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडा, सारिका हसनलगायत नेपालको हिमाली भेगमा फिल्मको छायांकन गरिरहेका छन्।

फिल्मको सुटिङका लागि नेपाल आएकी परिणिती सगरमाथा आधार शिविर पुगेकी छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत आधार शिविर पुगेको बताएकी हुन्। ट्विटरमा आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शुभ बिहानी मिस्टर एभरेस्ट। तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

उचाइलाई सुरज बर्जत्यले निर्देशन गरिरहेका छन्। फिल्ममा खेर, इरानी, चोपडासहित अमिताभ बच्चनलगायत मुख्य भूमिकामा रहेका छन्। फिल्मको छायांकन यो वर्ष सकेर आगामी वर्ष प्रदर्शन हुने बताइएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp