मनकामना केबलकार सञ्चालनमा
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
मुग्लिन- मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। बडादशैंको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो।
विगतका वर्षमा दशैंमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले बताए।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबलकार मनकामना केबलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि गत भदौ २३ गतेदेखि खुलेको हो।
त्यसयता असोज २७ गतेसम्म ५५ हजार जनाले केबलकारबाट सेवा लिएको नायव महाप्रबन्धक शेरचनले बताए।
सम्बन्धित खबर
बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान
१९ मंसिर २०८२, बिहीबार
सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको स्थिर
१९ मंसिर २०८२, बिहीबार
नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारी छुट हुने
१९ मंसिर २०८२, बिहीबार
