Banking Khabar
शेयर बजार

महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस सेयरमा जोड

October 22, 2021
सेयर:

काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ। कम्पनीले यसअघि प्रस्ताव गरेको कुल ५० प्रतिशत लाभांश नघटाई नगद र बोनस सेयरको अंश परिमार्जन गरेको हो।

यसअघि कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो।

उक्त प्रस्तावलाई कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले संशोधन गर्दै ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो। संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।