५ कार्तिक, काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो । सभा आज क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ ।