कुमारी बैंकलाई ‘Excellence In E-Commerce Business 2022’ अवार्ड
कुमारी बैंकलाई ‘Excellence in E-Commerce Business 2022’अवार्ड प्रदान गरिएको छ । यहि मिति २०७९ भाद्र १५ मा Visa International द्वारा ‘Leaders’ Conclave Payments Innovation For Digital Nepal’ सम्मेलनको आयोजना भएको थियो ।
सो आयोजित Leaders’ Conclave सम्मेलनमा Visa International द्वारा कुमारी बैंक लिमिटेड लाई ‘Excellence in E-Commerce Business 2022’ अवार्डले सुसम्मानित गरिएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (Innovative Product) र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेकोमा प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
सम्बन्धित खबर
कामना सेवा विकास बैंकको १५ ओेैैं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियाे : गभर्नर अधिकारी
१९ मंसिर २०८२, बिहीबार
