रातमा सुत्नु अघि बेसार- दूध किन पिउने ? यसो भन्छ नयाँ अनुसन्धानले

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ ।

‘करक्यूमिन एन्टिअक्सिडेन्ट’को  गुण पनि व्यापक हुन्छ । एन्टिअक्सिडेन्टले मानव शरिरमा हुने कुनै पनि हानीलाई रोक्न सहयोग गर्छ ।यसकारण वेसार-दूधको सेवन  मानव शरिरका लागि निकै गुणकारी मानिन्छ ।

वेसार-दूधले दिनभरको थकानलाई हटाइदिन्छ । सुत्नु अघि वेसार( दूध पिउँनाले सजिलोसंग निद्रा आउँछ ।वेसार( दूध चिसो या गर्मी जुनसुकै मौसममा पनि सेवन गर्न सकिन्छ । वेसार( दूधको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ । राति सुत्नु अघि वेसार- दूध पिउँदा कुनै पनि भाइसरको संक्रमण हुनबाट जोगाउँछ । यसैले पनि यसलाई औषधिसंग तुलना गर्ने गरिन्छ ।

औषधिको सेवनले स्वासप्रस्वासमा सहजता ल्याउँछ । यसले स्वास नलीलाई खुलाउनुका साथै स्वासप्रस्वास प्रक्रियामा सहजता ल्याउने गर्छ । सर्दी या चिसोको समस्या हुनेहरुका लागि वेसार(दूध अझ बढी लाभदायक मानिन्छ । यसमा ‘एन्टिभायरल’ र  ‘एन्टिब्याक्टेरिया’ गुण हुने हुँदा चिसोबाट हुने कुनै पनि हानीलाई रोक्ने गर्छ ।

तातो दूधमा वेसार मिलाएर हरेक रात सुत्नु अघि पिउँदा शरिरको अनावश्यक तौल घटाउनमा सहयोग गर्छ । पाचनमा समस्या हुने हरुले राति सुत्नु अघि वेसार( दूधको सेवन गर्दा पाचन तन्त्र बलियो हुन्छ । दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।

रातमा निन्द्रा नलाग्ने र अनिन्द्राको समस्या हुनेहरुले दूधमा वेसार मिसाएर खानु निकै लाभदायक मानिन्छ । वेसारमा ुअमिनो एसिडु हुन्छ ,जसले गर्दा वेसार र दूध मिसाएर खाँदा निद्रा छिट्टै लाग्ने गर्छ । वेसार दूध खाएको आधा घण्टा भित्र निद्रा आउने विज्ञहरु बताउँछन् ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp