गुडिरहेको बसमा आगलागी
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ।
३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो।
बसका यात्रु सकुशल रहेका छन् । तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको हो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव
१९ मंसिर २०८२, बिहीबारअध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र
१९ मंसिर २०८२, बिहीबार
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८०५ जना संक्रमित, ८ जनाको मृत्यु
१९ मंसिर २०८२, बिहीबार
