कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प सम्पन्न

बैंकिङ BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौँ – कुमारी बैंक लिमिटेडले कोभिड– १९को निःशुल्क ‘एन्टिजेन टेस्ट क्याम्प’ सम्पन्न गरेको छ।

काठमाडौं टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८ गते आयोजना गरेको थियो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले कार्यकम आयोजना गरेको हो।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp