पार्टीको प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओली झापा प्रस्थान
Heading3
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् ।
बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र अग्नि खरेललगायत छन् ।
‘अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही दिन बस्नुहुन्छ होला म त आज साँझै फर्किन्छु’ भट्टले खबरहबसँग भने, ‘नेम्वाङजी गइसक्नुभयो रे हामी जाँदैछौ, १० बजेको उडान हो केहि डिले भयो।’
एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा १२ बजे आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली काठमाडौँबाट यती एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ओलीले आफ्ना बुबालाई पनि भेट्ने छन्। भोलि गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन गरेर उनी विराटनगर जाने छन् ।
एक रात विराटनगरमै बसेर ओली पर्सि मात्रै काठमाडौं फर्कने बताइएको छ ।
