आप्रवासीका अभिभावकलाई यात्रा अनुमति दिँदै अष्ट्रेलिया

७ कार्तिक २०७८, आईतवार ०६:५६

काठमाडौं–  अष्ट्रेलिया सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका अभिभावकका लागि यात्रा आवेदन खुला गरेको छ।कोभिड–१९ का कारण विदेशमा छुटेका आप्रवासीहरुका अभिभावकलाई आवत जावत गर्नका लागि यस्तो व्यवस्था गरिएको हो।

सरकारले आफ्ना नागरिक र अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका बासिन्दाका आमाबाबुलाई ‘निकट परिवार’को परिभाषामा समावेश गरिने जनाएको गृह मन्त्रालयले शुक्रबार यात्रा छूट सूचना जारी गर्दै नोभेम्बर १ देखि देश यात्राको लागि आवेदन अनुमति सुरु गरेको हो।

अष्ट्रेलियाको कोभिड–१९ नियन्त्रण का लागि कडा सिमा प्रतिबन्ध अन्तर्गत नागरिक वा बासिन्दाका नजिकका परिवारका सदस्यलाई मात्र देशभित्र प्रवेश गर्न अनुमति दिइएको छ। सुरुमा आमाबाबुलाई नजिकको परिवारको रूपमा लिइँदैनथ्यो तर यो छूटसम्बन्धी व्यवस्था नोभेम्बर १ देखि सुरू भएपछि उनीहरूलाई अष्ट्रेलिया प्रवेशमा सहजता मिलेको छ।

गृह मामिला मन्त्री करेन एन्ड्रौजले यस परिवर्तनले महामारीद्वारा छुट्टिएका थुप्रै परिवारहरूलाई पुनर्मिलन गर्न अनुमति दिने बताए। अस्ट्रेलियामा प्रवेश गर्न आवेदन दिने आमाबाबुले आफ्नो वयस्क बच्चाको नागरिकता वा निवासका साथै तिनीहरूको सम्बन्धको प्रमाण प्रदान गर्नुपर्नेछ।

आवेदकहरूले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको हुनुपर्ने आइपुगेको राज्य वा इलाकाको क्वारेन्टाइन प्रबन्धको अधीनमा रहनुपर्ने जनाइइको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *