Banking Khabar
Heading1

साढे २७ अंकले बढ्यो नेप्से, २ अर्ब ७७ करोडको कारोबार

October 24, 2021
सेयर:

काठमाडौं- साताको पहिलो दिन आइतबार (आज) नेपालको सेयरबजार दोहोरो अंकले बढेको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से २७.५१ अंकले बढेर २५८४.५३ विन्दुमा उक्लिएको छ।

नेप्सेमा आज दुई अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२५ वटा कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता सेयर ३८ हजार १४७ पटक किनबेच भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.२४ अंकले बढेर ४९०.६९ विन्दुमा उक्लिएको छ।

आज दुईवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएपछि सर्किट लागेको हो।

आज आईसीएफसी फाइनान्स लिमिटेडको सेयर सबैभन्दा धेरै १५ करोड ९१ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।