Banking Khabar
Heading3

उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत लाभांश

October 29, 2021
सेयर:

काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाले पारित भएपछि वितरण गरिनेछ।

हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा कम्पनीको चुक्ता पुँजी  प्रस्तावित बोनस सेयर वितरणपछि २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।