Banking Khabar
Heading1

एचआईडीसीएलको लाभांश घोषणा

November 2, 2021
सेयर:

काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सामेबार  सम्पन्न बैठकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र करका लागि  ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।