प्रि ओपनमा करिब पाँच अंक बढ्यो नेप्से

Heading1 BusinessSarokar | १५ पुष २०८२, सोमबार

काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।सोमबार १७.७५ अंक घटेर २८१९.८६ विन्दुमा बन्द भएको नेप्से आजको  प्रि ओपन सेसनमा ४.९६ अंक बढेर २८२४.८३ विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्ससोत १.१८ अंकले बढेर ५२९.७६ अंकमा पुगेको छ।मंगलबार प्रि ओपन सेसनमा २१ कम्पनीको कारोबार भएको मध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ। उक्त सेसनमा ४ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।मंगलबार उक्त सेसनमा ८४ लाख ४६ हजार ३४७ रुपैयाँ बराबरको ११ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp