नेपालमा १ करोड २१ लाख नाघे फोरजी प्रयोगकर्ता, संख्यामा नेपाल टेलिकम अगाडि

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– नेपालमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड २१ लाख रहेका छन्। कुल ग्राहकमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको रहेका छन्। नेपाल टेलिकमले २०७३ पुसबाट काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको थियो।

फोरजी भित्र्याएको ५ वर्षमा टेलिकमले ६२ लाख ६८ हजार ग्राहक पुर्याएको छ। २०७४ सालबाट फोरजी विस्तार सुरु गरेको एनसेलको ग्राहक संख्या भने ५७ लाख २५ हजार रहेका छन्।

नेपालको तेस्रो मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमका १ लाख ७६ हजार ग्राहक रहेका छन्।

नेपालमा टेलिकम कम्पनीहरुले फोरजी विस्तार गर्न थालेको ५ बर्षसम्मपनि अझै फोरजी विस्तार प्रोजेक्ट सम्पन्न भइसकेको छ। नेपालमा हाल फाइबजीको परीक्षणको चर्चा चलिरहँदा विकट जिल्लाहरुमा थ्रिजी प्रविधि मार्फत नै सञ्चार सेवा पुगिरहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp