Banking Khabar
Heading2

गरिमा विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

December 4, 2021
सेयर:

गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि बिहीबारदेखि प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गरिनेछ। जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ६० करोड रुपैँयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ।

गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गतेसम्म हुनेछ। इक्रा नेपालले बैँकलाई ICRANP RI BBB क्रेडिट रेटिङ प्रदान गरेको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ। ऋणपत्र सम्बन्धि विस्तृत जानकारी विकास बैंकको वेबसाईटमा हेर्न सकिने छ।