राष्ट्र बैंकद्वारा ‘चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार, रायसुझाव दिन आग्रह

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदा तयार पारेको छ। केन्द्रीय बैंकले सो मस्यौदामा सकारोकारवालाबाट रायसुझावसमेत पेस गर्न आग्रह गरेको छ। ‘उक्त मस्यौदा उपर के–कस्ता परिमार्जन गर्नु वाञ्छनीय देखिन्छ, सो सम्बन्धमा त्यहाँको रायसुझाव ३५ दिनभित्र यस बैंकमा उपलब्ध हुने गरी लिखि रुपमा अथवा ई–मेलमा उपलब्ध गराउन अनुरोध छ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालुपुँजी प्रकृतिका कर्जाको औचित्यता, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। यो मार्गदर्शनको कार्यान्वयनबाट बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको सदुपयोगिता सुनिश्चित हुने, सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने र कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने विश्वास राष्ट्र बैंकले लिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp