Banking Khabar
Heading3

लगानीकर्ताले थाहा पाउनुपर्ने सेयर बजारका बादशाह वारेन बफेटको १० टिप्स

February 3, 2022
सेयर:

वारेन बफेट एक अमेरिकी अर्बपती, लगानीकर्ता तथा लोक परोपकारी हुन् । उनलाई सेयर बजारका बादशाह पनि भनिन्छ । उनी सेयर बजारका विश्वकै सफल र धनी मानिस मानिन्छन् ।

बफेटले सन् १९४१ मा पहिलोपटक सेयर खरिद गरेका थिए । उनले ३८ डलरमा उक्त सेयर किनेका थिए जुन ३० प्रतिशतसम्म घट्यो । पछि सो सेयर उनले ४० डलरमा बेचे । तर, उनले बेचेको उक्त सेयर केही महिनामा नै २०० डलरसम्म पुग्यो ।

आफ्नो सम्पत्तिको ८० प्रतिशत एक सामाजिक सङ्गठनलाई दान दिएर वारेन बफेट अमेरिकी इतिहासमै यति ठूलो धनी राशी दान गर्ने पहिलो व्यक्ति भएका छन् ।

सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए। उक्त समयमा बाफेटको कम्पनी बाफेट पार्टनरसिप लिमिटेडको पूँजी ७ करोड १७ लाख अमेरिकी डलर पुगिसकेको थियो भने त्यसमा अधिकांश हिस्सा उनको थियो। त्यसपछि बफेटको जीवनमा बर्कशायर ह्याथवेले प्रवेश पायो। उनले उक्त कम्पनीको सेयर खरीद गर्न थाले र सन १९६५ मा उक्त कम्पनीको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिन सफल भए । बर्कशायरका मालिक बन्दा उनको उमेर जम्मा ३५ वर्ष थियो।

त्यसपछि सन १९७९ मा वाफेट पहिलोपटक फोर्ब्सको अर्बपति सुचीमा नाम अंकित गरे। १९८८ मा, बफेटले कोकाकोला कम्पनीको सेयर खरिद गर्न सुरु गरे, र अन्ततः कम्पनीको ७% सेयर $१.०२ अर्ब मा खरिद गरे। यो वर्कसायर को एक नाफा दिने लगानी सिद्ध भयो जुन अझै सम्म राखिरहेको छ । वारेनले अमरिकाको कोकाकोला, वेल्स फार्गो एन्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एन्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठूला कम्पनीमा धेरै लगानी गर्ने गर्थे।

लगानीकर्ताले थाहा पाउनुपर्ने सेयर बजारका बादशाह वारेन बफेटको १० टिप्स

१. अरू लोभी हुँदा डराउनुहोस्, अरू डराउँदा लोभी हुनुहोस् ।

२. राम्रा कम्पनी छान्नुहोस्, सेयरमूल्य घट्दा किन्नुहोस् ।

३. मौका अचानक पनि आउँछ, आएको मौकालाई भरपुर प्रयोग गर्नुहोस् ।

४. धैर्यको प्रतिफल मिठो हुन्छ ।

५. समय अनुसार लगानी गर्नुहोस् ।

६.नगदबाट बाहिर निस्किनुहोस् र सम्पत्तिमा जानुहोस् ।

७. आय उत्पादन सम्पत्तिमा लगानी गर्नुहोस् ।

८. विविधता दिनुहोस् ।

९. लगानी गर्नुअघि कम्पनीमा अनुसन्धान गर्नुहोस् ।

१०. तपाईले बुझ्ने कुरामा लगानी गर्नुहोस् ।