‘भ्यालेन्टाइन डे’को अवसरमा टीभीएसको स्कुटरमा नयाँ योजना
काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएका स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।
यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अब’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर किन्दा ६००० रुपैयाँसम्मको स्यूरसट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् ।
लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत् हुनेछ । यस योजना अन्तर्गत ग्राहकहरुले ४० प्रतिशतले डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुनेछ ।
सम्बन्धित खबर
नेप्सेमा सुचिकृत १८ निर्जीवन बीमा कम्पनीको नाफा ४ अर्ब ६६ करोड रुपैयाँ, शिखरलाई टक्कर दिँदै नेको इन्स्योरेन्स
२७ मंसिर २०८२, शुक्रबार
निर्वाचन आयोगद्धारा निर्वाचन कार्यतालिका स्वीकृति, असोज २३ मा उम्मेदवारी दर्ता
२७ मंसिर २०८२, शुक्रबार
फोनपेको सीईओमा दिवस सापकोटा नियुक्त
२७ मंसिर २०८२, शुक्रबार
