फागुन ७ गतेबाट विमानमा टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि चाहिने

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आन्तरिक उडानबाट यात्रा गर्न आउने यात्रुलाई पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन अनिवार्य गरेको छ ।

विमानस्थलले एक सूचना जारी गरि यो व्यवस्था फागुन ७ गतेबाट लागू हुने जनाएको छ ।

विमानस्थल सञ्चालन विभागका निर्देशक टेक नाथ सिटौलाले सुरक्षा संवेदनशिलताका कारण यस्तो व्यवस्था गरिएको जनाए ।

‘त्रिभुवन विमानस्थलको आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरुले टिकटको पीएनआर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संवेदनशिलतालाई मध्येनजर राखि फागुन ७ गतेदेखि लागू हुने गरी काठमाडौंबाट अन्यन्त्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रुपमा पूर्ण विवरण सहितको टिकटको प्रिन्टेड कपि वा डिजिटल कपि देखाउन हुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ्ग समयमा अनिवार्य रुपमा विमानस्थल प्रवेश गरिसक्न अनुरोध गरिएको’ सूचनामा जनाइएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp