ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला गर्ने जनाएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएकाे हाे।

जसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीले जनाएकाे छ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत ११ गते हुनेछ र ढिलोमा चैत २२ गतेसम्म रहेको छ। आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp