ग्लोबल आइएमइ बैकका ग्राहकले क्युआर मार्फत ग्यास किन्दा छुट पाउने
ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झाैता भएकाे छ ।
बैंक र महासंघबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट चोइस टेक्नोलोजिज र फोनपेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्धनका लागि ग्यास विक्रेता महासंघ नेपालसँग समन्वय गरेको हो ।
सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघसंस्थासँग सम्झौता गर्दै आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
सम्बन्धित खबर
कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन इकर्मश बिजनेश २०२२’ अवार्ड
१९ मंसिर २०८२, बिहीबार
नेपाल इन्भेष्टमेण्ट बैंकको ८८ औँ शाखा बाराको सिम्रौनगढमा
१९ मंसिर २०८२, बिहीबार
एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्बको ऋणपत्र बिक्री गर्दै, १०.७५ प्रतिशत ब्याज दिने
१९ मंसिर २०८२, बिहीबार
