सेन्ट्रल अफ्रिकन रिपब्लिकले दियो बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राका रूपमा मान्यता दिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार बुधबार त्यहाँका राष्ट्रपतिले बिटक्वाइनलाई कानुनी मुद्रा बनाउने विधेयकमा हस्ताक्षर गरेका छन्।

अघिल्लो साता सेन्ट्रल अफ्रिकन रिपब्लिकको संसदले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको थियो।

‘सेन्ट्रल अफ्रिकन रिपब्लिकका नागरिकको अवस्थामा सुधार हुनेछ भनेर राष्ट्रपतिले यो विधेयकलाई समर्थन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भनेका छन्।

४८ लाख बढी जनसंख्या भएको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुन र हिराका धेरै खानीहरू छन्। तर यो मुलुक संसारका सबैभन्दा गरिब र अल्पविकसित मुलुकमा पर्छ।

बिटक्वाइनलाई कानुनी मान्यता दिएपछि मुलुकमा नयाँ अवसरको ढोका खुल्ने राष्ट्रपति कार्यालयको भनाइ छ।

यसअघि गत वर्ष एल साल्भाडोर क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिने संसारकै पहिलो मुलुक बनेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp