मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुन नियुक्त

२१ बैशाख २०७९, बुधबार ०३:१६

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रद्युमन पोख्रेल पुनः नियुुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

संचालक समितिले उनलाई आगामी जेठ १ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो । उनी यस अगाडि २०७५ साल जेठ १ गतेबाटै बैंकको सिइओमा नियुक्त भई कार्यभार सम्हाल्दै आएका थिए । उनले थप दोस्रो कार्यकाल जेठ १ गतेबाट सम्हाल्नेछन् ।

त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९९१ मा नबिल बैंकबाट यात्रा सुरु गरी बैकिङ्ग क्षेत्रबाट आफ्नो करियर सुरु गरेका थिए । १९ वर्षसम्म नबिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका उनी सन् २०१० देखि २०१६ सम्म मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धक भएर काम गरेका थिए ।

क्रेडिट, निक्षेप, रेमिट्यान्स, ट्रेजरी र अन्य व्यवसाय संचालन क्षेत्रमा २९ वर्षभन्दा बढी बैकिङ्ग क्षेत्रको अनुभव बोकेका उनी एक कुशल बैंकरको रुपमा चिनिन्छन् ।

वि.सं. २०७३ साल मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *