Banking Khabar
Heading1

आज पनि मुलुकभर मौसम बदली, ४ ओटा प्रदेशमा वर्षाको सम्भावना

May 10, 2022
सेयर:

मुलुकभर मंगलवार मौसम बदली रही वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। मंगलवार राति प्रदेश नं १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

यस्तै बुधवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनर चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका केहि स्थानहरूमा मेघ गर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्बै बिहीवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको छ।