विकास बैंकहरुको ब्याजदर बढ्यो

Heading2 BusinessSarokar | १५ पुष २०८२, सोमबार

विकास बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका छन्। विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याएका छन्।

विकास बैंक एशोसियसनले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याउने निर्णय गरेको थियो। सोहि अनुसार केहि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत कायम गरेका छन्। तर ८ विकास बैंकले भने ब्याजदर १२ प्रतिशतभन्दा माथि पुर्याएका छन्। यस्तै एक बैंकले भने १२ प्रतिशतभन्दा कम कायम गरेको छ।

विकास बैंकहरुमध्ये लुम्बीनी विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएका छन्। उनीहरुले रेमिट्यान्स खातामा भने साढे १३ प्रतिशत ब्याज दिने छन्।

यसैगरी, मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १२.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ। कर्णाली डेभलपमेन्ट बैंकले भने विकास बैंकहरुमा सबैभन्दा कम ११.८ प्रतिशत ब्याजदर दिने जनाएको छ।

जेठमा वाणिज्य बैंकहरुले भने ब्याजदर यथावत राखेका छन्। उनीहरुले गत ३ महिनादेखि ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेपछि उनीहरु ब्याजदर थप नबढाउने निर्णयमा पुगेका हुन।
विकास बैंकहरुले भने जेठमा मुद्दती निक्षेप र साधारण बचत दुबैको ब्याजदर बढाएका छन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp