आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने
Heading1
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ ।
बजेट नागरिकमुखी नभएर चुनावमुखी भएको एमालेको टिप्पणी छ । एमालेको हिजोको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटको भण्डाफोर गर्न निर्देशन दिनुभएको थियो । अस्ति अर्थमन्त्री जर्द्धन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।
सम्बन्धित खबर
सुनको भाउ यथावत, चाँदीमा देखियो उकालो
२७ मंसिर २०८२, शुक्रबार
भ्रामक ‘१० वर्षे वारेन्टी’ विज्ञापन गरेको भन्दै बर्जरले तिर्नुपर्ने भयो १२ लाख ७८ हजार क्षतिपूर्ति
२७ मंसिर २०८२, शुक्रबार
नेपाल फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल
२७ मंसिर २०८२, शुक्रबार
