काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
शाहले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग १० हजार बढी मतान्तर बनाइसकेका छन् ।
बिहीवार बिहानसम्म ५४ हजार ४६६ मत गणना हुँदा शाहले २१ हजार २२९ मत पाएका छन् भने केशव स्थापितले १० हजार ८६२ मत पाएका छन् । शाहले १० हजार ३६७ मतान्तरको अग्रता लिएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छिन् । सिर्जना सिंहसँग बालेन शाहको मतान्तर ११ हजार १७४ छ ।
अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ । हालसम्म मतगणना भएका सबै वडामा शाहले अग्रता कायमै राखेका छन् ।