Banking Khabar
Heading1

एभरेष्ट बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

July 26, 2022
सेयर:

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा साउन १८ गतेदेखि ‘ऋणपत्र २०८५’ निष्कासन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्कासन गर्दा ४० प्रतिशत अर्थात रू.२० करोड बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई, ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात रू.१ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सो ऋणपत्रमा आवेदन दिने समय साउन २२ गतेसम्म रहेको छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म थप हुनेछ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी– आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।