प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता
प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको हो। सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनु हुनेछ ।
सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्नुहुनेछ । संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुनेछन्। यस्तै सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ बन्नुहुनेछ ।
गत आर्थिक वर्षमा प्रभु बैंकले २ अर्ब ६० करोड नाफा गरेको थियो । बैंकसँग १ खर्ब ७८ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४५ अर्ब छ । सेञ्चुरी बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छैन । बैंकले नाफा १ अर्बभन्दा बढी गरेको छ भने निक्षेप १ खर्बभन्दा बढी संकलन गरेको छ ।
सम्बन्धित खबर
गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट
१९ मंसिर २०८२, बिहीबार
एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्बको ऋणपत्र बिक्री गर्दै, १०.७५ प्रतिशत ब्याज दिने
१९ मंसिर २०८२, बिहीबार
पुँजीबजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई बुझायो ज्ञापनपत्र
१९ मंसिर २०८२, बिहीबार
