Banking Khabar
Heading1

सचिव फेर्ने तयारीमा अर्थमन्त्री शर्मा

August 4, 2022
सेयर:

राजीनामाको २५ दिनमै पुनः अर्थमन्त्री नियुक्त हुनुभएका जनार्दन शर्मा अर्थसचिव फेर्ने तयारीमा लाग्नुभएको छ । शर्माले बजेटको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करका दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन भएपछि असार २२ मा राजीनामा दिनुभएको थियो ।

संसदीय छानबिन समितिले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि शर्मा साउन १५ मा पुनः अर्थमन्त्री पदमा नियुक्त हुनुभएको हो । सचिव मधुकुमार मरासिनीबाट सहयोग नपाउने देखेपछि शर्मा उनको सट्टामा अरूलाई नै ल्याउने तयारीमा लाग्नुभएको हो। मरासिनी पनि शर्मासँग काम गर्न अनिच्छुक देखिनुभएको हो । उहाँले अर्थमन्त्रीमाथि दबाब बढ्दै गर्दा मरासिनीले आकस्मिक रूपमा बिदा बसेर असहयोग गर्नुभएको थियो । शर्मा पुनः अर्थमन्त्री नियुक्त भएर कार्यभार सम्हाल्न आउँदाको स्वागत कार्यक्रममा पनि मरासिनीको सहभागिता थिएन् ।