२१ वाणिज्य बैंकको वित्तीय विवरणः कुनको कति ?

२२ श्रावण २०७९, आईतवार ०५:३४

२१ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एसिया, ग्लोबल आइएमई, प्रभ, लक्ष्मी, सनराइज, एनसी, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले चौथो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यस्तै स्टाण्डर्ड चार्टर्ड, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, हिमालयन, कुमारी, नबिल, सिद्धार्थ, कृषि विकास, नेपाल एसबिआई, एनएमबी, प्राइम कमर्शियल र राष्ट्रिय वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् कुनको वित्तीय विवरण कस्तो ?

राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा गत आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले यस्तो नाफा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंक 

एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव ८६ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो । सञ्चालन नाफा अघिल्लो वर्ष ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी छ ।

ग्लोबल आइएमई बैंक

 ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ ।

प्रभु बैक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ । यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ ।

कुमारी बैंक
कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा  क्रमश २५.६७ प्रतिशत र ४.४७ प्रतिशतले बढाएर नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कृषि विकास बैंकको खुद नाफा करिब २४ प्रतिशत कम भएको छ ।

अघिल्लो वर्ष रू. ३ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष भने रू. २ अर्ब ६९ करोडभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ३ अर्ब ९० करोडभन्दा बढी रहेको छ ।

एनएमबि बैंक 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडले रू. ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा ३६ दशमलव ५३ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. २ अर्ब ७१ करोडभन्दा बढी मात्र खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ ।

नबिल बैंक 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंक लिमिटेडले रू. ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा ९ दशमलव ८३ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९ अर्ब १२ करोडभन्दा बढी रहेको छ ।

नेपाल एसबिआई बैंक 

नेपाल एसबिआई बैंक लिमिटेडले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सिद्धार्थ बैंक 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३४.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

सानिमा बैंक 

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशत कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

सनराइज बैंक

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५२ प्रतिशत बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको चौंथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ४७ करोडभन्दा बढी छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत वर्ष १४ दशमलव ८३ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकको खुद नाफा रू. ३ अर्ब ५५ करोडभन्दा बढी मात्र थियो । चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६२ दशमलव २७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष बैंकले रू. १ अर्ब ३९ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ ।

एभरेष्ट बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

हिमालयन बैंक 

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ४८ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा १७ दशमलव २२ प्रतिशत कम भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले रू. २ अर्ब ९९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ६६ करोडभन्दा बढी रहेको छ ।

प्राइम कमर्सियल बैंक 

प्राइम कमर्सियल बैंक लिमिटेडको नाफा १२.६३ प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी  बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *