नर्भिक हस्पिटललाई गैरकानुनी संरचना भत्काउँन महानगरले थप समय दिने
काठमाडौं महानगरले नर्भिक इन्टरनेशल हस्पिटलले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका बनाएका भौतिक संरचना भत्काउन केहि समय थप गर्ने भएको छ ।
उक्त क्षेत्रमा अस्पतालका लागि अतिआवश्यक अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता संरचना भएकाले उक्त संरचना स्थानान्तरका लागि आवश्यक समय थप गर्न महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्देशन दिएका हुन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बनेको संरचना सार्न कति समय आवश्यक पर्ने हो उक्त कुराको यकिन गरि समय थप गर्न साहले निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।
नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने दाबी गरेका थिए । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका छन् । तर उक्त सम्झौता नै गैर कानुनी भएको तर्क छ । मन्त्रीपरिषद्बाट निर्णय गरेर मात्र भाडामा दिनुपर्ने जग्गा भूमिसुधार अधिकारीले सम्झौता गर्नु गैरकानुनी भएको बताइएको छ ।
काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको थियो ।
सम्बन्धित खबर
१ महिनापछि पुनः चल्ने भयो भोटेकोशी जलविद्युत् आयोजना, स्थानीयलाई १० प्रतिशत शेयर दिने सहमति
२७ मंसिर २०८२, शुक्रबार
ओमिक्रोनको असर फोक्सोमा कम, घाँटीमा धेरै
२७ मंसिर २०८२, शुक्रबार
वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी
२७ मंसिर २०८२, शुक्रबार
